Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका सत्ता-प्रतिपक्षका सांसदहरुले भने-‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

लुम्बिनी प्रदेशका सत्ता-प्रतिपक्षका सांसदहरुले भने-‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

  • 3.7K
    SHARES

  • लुम्बिनी प्रदेशका सत्ता-प्रतिपक्षका सांसदहरुले भने-‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

    बुटवल मंसिर २२ -

    लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भवना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।

    बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादँ राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ ।

    रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली कँंग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले  प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायीत्व पूरा नभएको भन्दै नया ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए । 

    ‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उनको प्रश्न छ । उनले भने— ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छटो काम होस्।’   

    उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै  सत्ता  र शक्ति केन्द्रीत भएको  टिप्पणी गरे । उनले यस्तो  महामारीको बेलामा पार्टी भित्रको  झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह छ ।

    संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत  क्रियाकलाप गरेको,नीति नियम नमानेको,तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप लगाए  ।

    उनले  सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए । नेपाल कनिष्ठ पार्टी ( नेकपा) लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । 

    उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे ।

    उनले  भने—‘सरकारले भ्रष्ट्रचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे ।

    बुटवलबाट तत्काल  सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए । 
    साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो । 

    rc.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology