बुटवल,मंसिर २२-
रुपन्देही प्रहरीले अवैध साढे १६ लाख सहित एकजनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १३ शान्तिनगरबाट प्रहरीले २१ वर्षिया श्याम कुमार बनियालाई पक्राउ गरेको हो ।
प्रहरीको नियमित चेकजाँचको क्रममा शान्तिनगरबाट भैरहवा बसपार्क उत्तरबाट दक्षिणतर्फ जांदै गरेको लु.३९ प ४४५७ नम्वरको स्कुटरलाई रोकी चेकजाँच गर्ने वनियाले पछाडी बोकेको कालो झोलाको मुख्य खल्तीमा साढे १६ लाख सहित पक्राउ गरको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनुभयो ।
एक हजार पांच सय दरको नोट गरी ११ लाख हजार र सोही झोलाको बाहिरी खल्तीमा १ हजारका दरको एक लाख र निजले लगाएको पाईन्टको अगाडीको दाँया वाया खल्ति र पछाडीको दाँया वाया खल्तीमा एक हजार दरको चार लाख रकम फेला परेका प्रहरीले जनाएको छ।
सोधपुछ गर्दा बानियाले उक्त रकमको आय श्रोत खुलाउन नसकेकोले उक्त नगद रकम र निजले चढी आएको लु.३९ प.४४५७ नम्वरको स्कुटर सहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । वनियालाई आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देही पठाईएको थापाले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)