बुटवल,मंसिर २२-
बाँकेमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ । बर्दियाका ७२ बर्षीय पुरुष र कञ्चनपुरका ७३ बर्षीय पुरुषको सोमवार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमबार बिहान १ : ११ बजे मृत्यु भएको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनलाई मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै बर्दियाका १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै कञ्चुरको शुक्लाफाँटा – ४ का ७३ बर्षीय पुरुषको सोमवार विहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
उनको उपचारको क्रममा बिहान १ः४५ बजे मृत्यु भएको थियो ।सेती अस्पतालमा स्वाव परीक्षणका क्रममा उनलाई मंसिर १३ गते संक्रमण पुष्टि भएको थियो ।उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंसिर १५ गते कोहलपुरमा भर्ना गरिएको थियो ।
योसँगै बाहिर जिल्लाबाट बाँकेमा उपचारका लागि लगिएका ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बाँके जिल्लाका थप ३९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार सोमबार विहानसम्म बाँकेमा उपचारका क्रममा हालसम्म १ सय ३ जनाको मृत्यु भइसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)