Logo बिहिवार, आश्विन १ गते २०८३
images

अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख नदिन मिष्ठान्न क्याटरिङ व्यवसायी संघको आग्रह

अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख नदिन मिष्ठान्न क्याटरिङ व्यवसायी संघको आग्रह

  • 3.6K
    SHARES

  • अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख नदिन मिष्ठान्न क्याटरिङ व्यवसायी संघको आग्रह

    बुटवल,असार १३ ।

    अनुगमनका नाममा व्यवसायीहरुलाई तर्साउने काम गरिएको भन्दै रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले आपत्ती जनाएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानार्कषण भएको बताएको हो ।

    असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गरेर ल्याव टेष्ट बिनानै अखाद्य भनेर अनावश्यक प्रचारबाजी गरि ब्यबसायीलाइ बदनामी बनाइएको उल्लेख गरे । संघले विहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको र अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए ।

    अखाद्य भनेर प्रमाण विनै खाद्य सामाग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम नगर्न उपमहानगरपालिकालाई आग्रह गरे ।

    आफुहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोलीसंग कुनै पनि उपकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए ।manakamana dairy.jpg

    उनले ल्याव टेष्ट विनानै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट ठुलो आर्थिक क्षती पुगेको र क्षर्तिपूर्तिको माग समेत गरे । रुपन्देहीमा आर्थिक मन्दीका कारण ब्यबसायी धराशायी भैरहदा १५० बाट अहिले ११० जनामा झरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology