Logo बिहिवार, आश्विन १ गते २०८३
images

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित,पक्षमा १४७ मत

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित,पक्षमा १४७ मत

  • 1.4K
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित,पक्षमा १४७ मत

    काठमाडौं, असार १३ ।

    आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ। 

    अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको हो। 

    बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको सङ्ख्या शून्य रहेको छ।  

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन्। 

    पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आषाढ १३ २०८००५:३६:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology