बुटवल,असार १२ ।
नेपाली काँग्रेसका कार्यकर्ताहरुले पार्टी भित्रको गुट उपगुटलाई अन्तगरि पार्टीको विधान अनुसार पार्टीलाई अगाडी बढाउन सुझाव दिएका छन ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ प्रदेश सभा २ क को प्रदेश सम्मेलनमा वोल्दै उनिहरुले विधानअनुसार पार्टीलाई चलायमान बनाउन र पार्टीका भातृसंगठनहरुको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका छन ।
कार्यकर्ताको जिज्ञासामा पार्टीका नेताहरुले नेतृत्व तहदेखि कार्यकताहरुसम्म भए गरेका र हुने कमजोरीहरु सच्चाउन र सच्चिन आवश्यक रहेको औल्याउनु भएको छ ।
उनिहरुले नेताहरुले कार्यकताको मनोभावना बुझ्न नसकेको गुटगत राजनितीमा लिप्त भएको गुनासो गरेका छन ।कार्यकर्ताहरुको जिज्ञासा सुनेपछि बुटवल नगरपालिकाका मेयर तथानगर सभापति खेलराज पाण्डेयले राम्राकामभएको वारेमा नदेख्ने अनी विरोधका लागि विरोध गर्ने सामाजिक संजालमा नेता तथा पार्टीका वारेमा अनरगल रुपमापोष्ट गर्ने कार्य बन्दगर्न मागगर्नु भयो । मेयर पाण्डेले एक वर्षको दौरानमावनकै महत्व पूर्ण काम गरेको बताउदै ५ वर्षको दरमियानमानगरवासिले देख्ने र प्रसम्सागर्ने गरि काम गरेर देखाउने प्रतिवद्धता व्यक्तगर्नु भयो ।
त्यस्तै नेपालीकांग्रेस रुपन्देहीका सभापतितथातिलोत्तमानगरपालिकाका मेयर रामकृष्ण खाँणले जनप्रतिनिधीहरुले गरेका राम्राकामको प्रचार प्रसार गर्न कांग्रेस कार्यकताहरुले कन्जुसायीगर्न नहुने भन्दै खुलेर प्रचार गर्न आह्वानगर्नु भयो । उहाँले पार्टी भित्र रहेकाकमजोरी हरेक तह र तप्कामा रहनेहरुले सच्चाउन र सच्चिन जरुरी रहेको भन्दै पार्टीलाई बलियो वनाउने तर्फ एक भएर लाग्नु पर्नेमाजोड दिनु भयो ।
पार्टीका नेतातथाकार्यकर्ताहरुले गुट उपगुटको राजनितीगर्न नहुने भन्दैकाँग्रेस वलियो हुदाकार्यकर्ता ले नै फाईदा हुने तर्क गर्नु भयो । तिलोत्तमामाआफू नगर प्रमखभएर आएको एक वर्षमा गरेका राम्राकामको खुलेर प्रसंसा गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममाप्रमुखअतिथीतथा नेपालीकाँग्रेस लुम्बिनीप्रदेश सभापति अमर पुनले पार्टी नरहे हामी कसरी रहन्छौ त्यसैले पार्टी बचाउनकालागितल देखि माथीसम्मका नेतातथाकार्यकताहरु सच्चिन जरुरी रहेको औल्याउनु भयो ।
सभापतिपुनले नेपालीकांग्रेसले नै मुलुकमा राणा फाल्ने देखि मुलुकमाआर्थिक उदारीकण गदै रोजगारी श्रृजना, औद्योगिकरण र संघिय गणतन्त्रमा समावेसिता सहभागिता र सहअस्तित्व स्थापित गराएका कुरालाई विर्सन नहुने जिकिर गर्नुभयो।चोकमाकाँग्रेसलाई गालीगर्ने भन्दापनिकाँग्रेसको नेतृत्वमा रहेका स्थानियतहमागर्न पर्ने कामकावारेमा सहकार्य गर्न आहवानगर्नु भयो ।
रुपन्देही क्षेत्र नम्बर २ कका सभापति खडक बहादुर महतको सभापतित्वमाभएको कार्यक्रममालुम्बिनीप्रदेसकाकोषाध्यक्षप्रकाश राना, पूर्व राज्यमन्त्री रिना नेपाल, दीर्घ बहादुर केसी रामबहादुर कार्की, पर्सुराम ढकाल, हरिलाल पाण्डे काजीमानश्रेष्ठ रमेश डुम्रे ,कृशनबहादुर राना, रीता सेन लगायतले वोल्दै नेपालीकाँग्रेसले नै देश र देशवासीको रक्षा , संबिधानको पालनागर्ने भएकाले पार्टीको विरोधमाभन्दापनि पार्टीले गरेकाकामको वारेमाचर्चा र प्रसंसा गर्न आह्वानगर्नु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)