बुटवल,मंसिर २१-
पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १७ जनालृ ज्यान गुमाएका छन् भने १७५२ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।यस्तै मृतकको संख्या १५९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर भएको छ भने कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भ्एको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)