बुटवल,असार १०।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ ।पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैया बराबरको बजेट सार्वजनिक गरेको हाे ।
बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०-०८१ मा सो बराबरको अनुमानित आयब्यय पेश गरेकीहुन् ।
चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख७५ हजार १ सय७ रुपैया, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्तहुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैया, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २८ करोड ९० लाख, प्रदेश सरकार बाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २ करोड ६८ लाख २१ हजार तथागतबर्षको नगदमौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न १३ औ गाउँसभामापालिकाकाउत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकियअधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
नीति तथा कार्यक्रम सार्वजनिक :
निति तथाकार्यक्रम सार्वजनिक गरेको छ । “ओमसतियाको शानःशिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान”भन्ननारा सहितआउदो आर्थिब बर्षमापालिकाले सुन्दर, समुुन्नत र समृद्ध गाउँपालिकानिर्माण गर्ने संकल्प रहेको छ ।
नितितथाकार्यक्रम प्रस्तुुतगर्दै गाउँपालिकाअध्यक्षमन्जितकुमार यादव (सोनुु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापितगर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचानबनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई नितितथाकार्यक्रमले प्राथमिकतामा राखेको छ ।
बैदेशिक रोजगारीबाट फर्किएकायुवाहरुले आर्जन गरेको सीप र दक्षतालाई उपयोग गरि “बिदेश छोडौ, बिजनेश गरौ ” भन्ने नाराका साथ स्वरोजगार उन्मुखबनाई आयआर्जनको दायरा फराकिलो बनाउने पालिकाले नितिलिएको यादवले बताए । पालिकाले सामाजिकविकास अन्र्तगतशिक्षा, युवातथा खेलकुुद, संस्कृतिएवम लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा परेको उनले बताए ।
“हिंसामुक्तगाउँपालिकाहाम्रो पहिचान”अन्र्तगत लैङ्गिक परिक्षणको ब्यवस्थामिलाईने नितितथाकार्यक्रममाउल्लेख छ । स्वास्थ्यतर्फ पालिकाभित्रका सबै स्वास्थ्य संस्थालाई किशोरीमैत्रीबनाईने नितिलिईएको यादवले बताए ।
आर्थिक बिकासका सम्भावनाहरुको पहिचान र ब्यवसायीक परिचालनकालागिगाउँपालिकाले बिशेष पहलगर्ने र यसको लागि स्थानियतहमाब्यवसायीकवातावरणको विकास गर्न गाउँपालिकाले निजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता रहने गरि आर्थिक विकास सम्वादमञ्च गठन गर्ने पालिकाको योजना रहेको छ । लगानीमैत्रीनितितथाऔद्योगिकपूर्वाधार सुुदृढीकरण गर्दै उद्योग तथापर्यटन विकासको नितिलिईने नितितथाकार्यक्रममाउल्लेख छ ।
गाउँपालिकाले न्याय सम्पादनको कार्यलाई थपब्यवस्थितबनाउन डिजिटल जस्टिस सफ्टवेयर तयार गरि लागु गर्ने योजना रहेको छ । पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालनगर्दा लागत–लाभबिश्लेषणको आधारमाउच्चनतिजाएवमप्रतिफलदिने आयोजनाहरु पहिचानगरि आयोजना बैंक तयार गरिने पालिकाअध्यक्षयादवले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)