Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा दुई किलो सुनसहित कार चालक पक्राउ

रुपन्देहीमा दुई किलो सुनसहित कार चालक पक्राउ

  • 1.5K
    SHARES

  • रुपन्देहीमा दुई किलो सुनसहित कार चालक पक्राउ

    बुटवल,असार १०।

    लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको कार र चालक दाङको घोराही नगरपालिका १० बस्ने ३१ वर्षीया हुमानन्द गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको हो।

    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाएर लुकाइएको दुई वटा इँटाआकारको सुन फेला परेको हो।

    रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी सङ्घले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिली ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ।

    नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ १० २०८००८:०५:५६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology