Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा चट्याङले लागेर दुई युवाको मृत्यु

दाङमा चट्याङले लागेर दुई युवाको मृत्यु

  • 1.1K
    SHARES

  • दाङमा चट्याङले लागेर दुई युवाको मृत्यु

    दाङ,असार १० ।

    दाङमा चट्याङले लागेर दुइ युवाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नं.३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

    चौधरीलाई  खेतबारीबाट तरकारी टिपेर फर्किदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङले हानेको थियो ।अहिले चौधरी र केसी दुबैको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

    शनिबार दिउँसोदेखि नै  दाङमा चट्याङसहित बर्षा भइरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology