Logo बिहिवार, आश्विन १ गते २०८३
images

उत्कृष्ट रिजल्ट र संस्कारसहितको शिक्षामा अब्बल अक्सफोर्ड

उत्कृष्ट रिजल्ट र संस्कारसहितको शिक्षामा अब्बल अक्सफोर्ड

  • 13.6K
    SHARES

  • उत्कृष्ट रिजल्ट र संस्कारसहितको शिक्षामा अब्बल अक्सफोर्ड

    बुटवल,असार ९ ।

    अक्सफोर्ड मावि बुटवलमा विद्यार्थीहरूको दैनिक भिडभाड हुन थालेको छ। एसइइ परीक्षा २०७९ को परीक्षाफल असार १५ सम्म सार्वजनिक गर्ने बोर्डले कार्यतालिका सार्वजनिक गरेसङ्गै कक्षा ११ मा छोराछोरी अक्सफोर्ड मावि मै भर्ना गर्नको लागि आफूहरू बुझ्न आएको अभिभावक केशब गैरेले बताउनुभयो ।

    बुटवलमा रहेका अन्य विद्यालयले अनलाइन भर्ना फारम खुलाएको तर अक्सफोर्ड मा वि ले फारम नखुलाएको हुदा कतै पछि भर्ना हुन नपाइने पो होकि भनेर आफुहरू कलेज भिजिट गर्न आएको केही विद्यार्थीहरूले बताएका थिए ।

    विगत बर्षमा पनि बुटवलमा रहेका अन्य कलेजमा विद्यार्थी कम भर्ना हुदा अक्सफोर्डले भने ५ दिनमै भर्ना रोक्नुपरेको थियोे । विगत केही बर्ष यता रिजल्ट र संस्कार सहितको शिक्षामा अब्बल बन्दै आएको अक्सफोर्ड एक ब्रान्ड बनिसकेको हुदा अभिभावक तथा विद्यार्थीको आकर्षण बनेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।oxf.jpg

    नेपालको उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्डमा बिहानी तथा दिवा समयमा गरि कक्षा ११ र १२ को विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा करिब १७०० विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो।

    केही दिनदेखि विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति  विद्यालयमा  बढेको हुदा एसइइ रिजल्ट आएको छोटो समयमै भर्नालाई बन्द गर्नुपर्ने अवस्था आउने बताउदै सङ्ख्यात्मक भन्दा गुणात्मकतालाई ध्यान दिएको बताउनुभयो ।

    अहिले खासगरी बुटवलकै धेरै विद्यालयका विद्यार्थी तथा गुल्मी ,पाल्पा,कपिलवस्तु ,अर्घाखाँची र नवलपरासी जिल्लाका विद्यार्थीहरू भिजिट गरिरहेको हुदां भर्ना खुलेको २ दिनमै भर्ना बन्द गर्नु पर्ने अवस्था आउने आकलन गर्दै त्यसको तयारीमा आफूहरू जुटेको प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो ।oxf.jpg

    यी समाचार पनि हेराैँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology