Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको एक होटलमा गोली चल्यो : भक्तपुरका राकेश गम्भीर घाइते ,२ जना पक्राउ,एक फरार ! (फाेटाेफिचर)

बुटवलको एक होटलमा गोली चल्यो : भक्तपुरका राकेश गम्भीर घाइते ,२ जना पक्राउ,एक फरार ! (फाेटाेफिचर)

  • 15.1K
    SHARES

  • बुटवलको एक होटलमा गोली चल्यो : भक्तपुरका राकेश  गम्भीर घाइते ,२ जना पक्राउ,एक फरार ! (फाेटाेफिचर)

    बुटवल,मंसिर २१- 

    बुटवलको एक हाेटलमा गोली चलेको छ ।  गाेली लागेर एक जना घाईते भएका छन् । साे काेठामा गैँडाको खाग पनि बरामद भएको छ ।khag gainda.jpg

    बुटवल ८ सुख्खानगरस्थित न्यू कलश रेष्टुरेण्ट एण्ड गेष्ट हाउमा आइतबार बिहान करिब साढे ९ बजे  गोली चल्दा भक्तपुरका राकेश न्यौपानेको घाईते भएका हुन् । उनको घाटीमा गोली लागेको र उपचारका लागि भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न दुइ जनालाई बुटवल प्रहरीले होटलबाट नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्ने युवाहरू भक्त थापा र कर्णबहादुर राउत रहेको प्रहरीले जनाएको छ । साेही घटनामा संलग्न एक जना भने फरार रहेका छन् ।kalash hotel.jpg

    प्रहरीको दावी अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी गएको थियाे । सादा पोशाकमा हाेटल पुगेका प्रहरीहरुमाथि नै उनीहरूले आक्रमण गरेका हुन् ।khag.jpg

    प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

    goli.jpg

    याे पनि पढाैँ :- बुटवलमा गोली चल्यो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology