Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिन्दी फिल्म आदिपुरुष : मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

हिन्दी फिल्म आदिपुरुष : मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

  • 1.3K
    SHARES

  • हिन्दी फिल्म आदिपुरुष  : मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

    काठमाडौं, असार ७ ।

    हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको र अदालतले आज आदेश जारी गरेको उनको भनाइ छ । 

    यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।  ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् । फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत प्रष्ट हुने शाहको भनाइ छ ।

    ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् ।  यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’balen.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology