Logo बिहिवार, आश्विन १ गते २०८३
images

सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा जाने

सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा जाने

  • 5.3K
    SHARES

  • सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा जाने

    काठमाडौं, असार ७ ।

    नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी यो ऐन कार्यान्वयनमा आएको छ । 

    सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।

    योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता  विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको हो ।

    राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता ऐन संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

    उहाँहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्ने आदेश दिनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology