Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेशका ४ कोभिड अस्पतालमा ५८३ जना जनशक्ति थप्ने प्रदेश ५ सरकारकाे निर्णय, ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंया निकासा

प्रदेशका ४ कोभिड अस्पतालमा ५८३ जना जनशक्ति थप्ने प्रदेश ५ सरकारकाे निर्णय, ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंया निकासा

  • 2.8K
    SHARES

  • प्रदेशका ४ कोभिड अस्पतालमा ५८३ जना जनशक्ति थप्ने प्रदेश ५ सरकारकाे निर्णय, ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंया निकासा

    बुटवल, भदौ १८ ।

    प्रदेश ५ सरकारले प्रदेशका ४ वटा मुख्य कोभिड अस्पतालमा ५ सय ८३ जना जनशक्ति थप्ने भएकाे छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अस्पतालको लागि आवश्यक तलबभत्ता स्वरुप ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयँ निकासा गर्ने निर्णय गरेको हो ।

    जुन तीन महिनाका लागि करारमा नियुक्त हुने जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधामा खर्च हुनेछ ।मन्त्रिपरिषद्को बैठकले ४ वटा कोरोना अस्पतालमा उपकरण समेत थप गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानामा , भीम अस्पताल भैरहवामा , भेरी अस्पताल बाँकेमा ,केन्द्रिय आर्युवेद बेलझुण्डी दाङमा आइसियु  एचडि बेड र आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक बुटवल १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँके १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय गरेको छ ।प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ ।

    त्यसैगरि मन्त्रिपरिषद्को बैठकले भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७, विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology