Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला

  • 996
    SHARES

  • ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला

    ताप्लेजुङ,असार ३ ।

    ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।

    पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको भन्ने खबर प्राप्त भएको र थप पुष्टि हुन भने बाँकी रहेको  प्रनाउ लिम्बूले बताउनुभयो । 

    उहाँका अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेको खोजी कार्यमा प्रहरी, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण जुट्दै आएका छन् । उहाँहरू तीन जना एकै परिकारका रहनुभएको पनि प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology