Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाढी पहिरो: क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

बाढी पहिरो: क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

  • 858
    SHARES

  • बाढी पहिरो: क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

    काठमाडौँ, असार ३  ।

    शनिवार राती परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । शनिवार पूर्वी नेपाल र देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षति पुगेको छ । पुर्ण विवरण भने अझै आउन बाँकी छ । 

    प्रधानमन्त्री प्रचण्डले बेपत्ता भएकाहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ ।  बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ ।

    सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा सबैले सहयोग गर्न अपिल गर्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology