Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेश : ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट(पूर्णपाठ)

लुम्बिनी प्रदेश : ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट(पूर्णपाठ)

  • 1.8K
    SHARES

  • लुम्बिनी प्रदेश  : ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट(पूर्णपाठ)

    बुटवल,असार १ ।

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गरेका हुन् ।त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।

    सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३।६८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात् ५७। ४५ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात् ८।८७ प्रतिशत रहने अनुमान गरिएको छ ।

    खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ आउने राजस्व २ अर्ब ५० करोड ३० लाख अनुमान गरिएको छ ।

    त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने प्रदेश सरकारको अनुमान छ ।

    Lumbini Final Budget.pdf :To download file click here

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आषाढ १ २०८००७:३९:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology