कौरव खत्री/गुल्मी मंसिर २१ -
वामी सेवा समिति जापानद्वारा स्वास्थ्य उपचारको लागि मनोज गिरीलाई आर्थिक सहयोग गरिएको छ ।
गुल्मी मुसिकोट नगरपालिका-१ पौदी अरेवा निवासी मनोज गिरीको स्वास्थ्य उपचारको लागि वामी सेवा समिति जापानद्वारा नगद रु. १ लाख २ हजार रकम हस्तान्तरण गरिएको थियो ।
शनिवार मुसिकोट नगरपालिका ७ वामी शेरामा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले,वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटा,वामी सेवा समिति जापानका महासचिव गोकुल खत्री वामी नमूना समाजका सल्लाहकार जनक थापाले नगद रकम मनोज गिरीका माइलो बुवा रेशम गिरीलाई रकम हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले वामी सेवा समिति जापानले सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गदै आएको भन्दै जापानमा रहेर आफ्नो जन्मभूमिप्रति सेवाको भाव राखेर आफ्नो गाँस कटाएर मानव सेवाको लागि पुर्याउनु भएको सहयोग सबै आर्थिक सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
त्यस्तै वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले वामी सेवा समिति जापानले स्थापना कालदेखि नै साँस्कृतिक क्षेत्र,खेलकुद,स्वास्थ्य,शिक्षा, बाढी तथा पहिरो,आपत विपत,आगलागी लगायत सामाजिक क्षेत्रमा सहयोगी र सारथी बनेर काम गदै आइरहेको बताउनुभयो । साथै सोही अवसरमा समाजसेवी रेशम गिरील वामी सेवा समिति जापान परिवार तथा सबै आर्थिक सहयोगीहरुलाई धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
मनोज गिरीको भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउदै आउनु भएको छ ।
वामी सेवा समिति जापान समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटा (शर्मा) र र उपाध्यक्ष दिलिप थापाको पहलकदमीमा मनोज गिरी बचाउ अभियान मार्फत जापानमा हाल रोजगारीको शिलशिलामा जापानमा रहेका वामी सहित अन्य स्थानका ३८ नेपालीहरुबाट रकम संकलन गरि पठाइएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ७ का वडा सदस्य लक्ष्मण खराल,वामी नमूना समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम खरेल,समाजका महासचिव तोयनाथ खराल,समाजका कोषाध्यक्ष कमल प्रसाद खराल,समाजका सल्लाहकार जनक थापा, महिला समाजसेवी बिष्णु कुमारी राना मगर, समाजसेवी बिष्णु बन लगायतको सहभागतिा रहेको थियो ।
कार्यक्रम वामी सेवा समिति जापानका महासचिव गोकुल खत्रीको अध्यक्षता तथा सञ्चारकर्मी कौरव खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)