Logo बिहिवार, आश्विन १ गते २०८३
images

तुलसीपुर शिरखोलामा जीप दुर्घटना,दश जना घाइते

तुलसीपुर शिरखोलामा जीप दुर्घटना,दश जना घाइते

  • 1.4K
    SHARES

  • तुलसीपुर शिरखोलामा जीप दुर्घटना,दश जना घाइते

    दाङ,असार १ ।

    राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप दुर्घटना हुँदा गाडीमा सवार दुई बालकसहित दश जना घाइते भएका हुन् । 

    तुलसीपुरबाट यात्रुसहित रोल्पातर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप पौने ११ बजेतिर सडकबाट करिब ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि दश जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । 

    घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology