Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘छोरी पढाउ गरिमा बढाउ’ :हिमाली जिल्लाका दलित बालिकालाई छात्रवृत्ति

‘छोरी पढाउ गरिमा बढाउ’ :हिमाली जिल्लाका दलित बालिकालाई छात्रवृत्ति

  • 1.7K
    SHARES

  • ‘छोरी पढाउ गरिमा बढाउ’ :हिमाली जिल्लाका दलित बालिकालाई छात्रवृत्ति

    बुटवल ,जेठ ३२ ।

    मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले कर्णाली प्रदेशका हिमाली तथा दुर्गम जिल्लाका दलित बालिककालाई छात्रवृत्ति दिने अभियान सुरु गरेको छ। ‘छोरी पढाउ गरिमा बढाउ’ भन्ने मूल नाराका साथका कर्णालीका हिमाली जिल्लाहरूमा यो अभियान सुरु गरिएको हो।

    शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार छात्रवृत्ति प्रदान गरिनेछ।

    कर्णाली प्रदेशका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकाहरूलाई पहिलो वर्षको छात्रवृत्ति रकम १० लाख ८ हजार वितरण गरिएको छ।

    शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ। यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरूलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ।

    अभियानमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, का.वा. सभापति कृष्णबहादुर रावल, सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल, कर्णाली प्रदेश सचिव प्रकाश शाही, केन्द्रीय सदस्य अरुण ज्ञवाली र आजीवन सदस्य एस आर पाण्डे सम्मिलित हुनुहुन्थ्यो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology