Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

विश्व रक्तदाता दिवस : बुटवलमा शान्ति समाज र रक्तदाता समाजको रक्तदान

विश्व रक्तदाता दिवस : बुटवलमा शान्ति समाज र रक्तदाता समाजको रक्तदान

  • 1.7K
    SHARES

  • विश्व रक्तदाता दिवस : बुटवलमा शान्ति समाज र रक्तदाता समाजको रक्तदान

    बुटवल,जेठ ३१ ।

    विश्व रक्तदाता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीले संयुक्त रक्तदान कार्यक्रम गरेको छ । रक्तसंचार सेवा केन्द्र, ब्लड बैकको प्राविधिक सहयोगमा बुधबार रक्तदान गरेको हो ।

    कार्यक्रमको एक समारोहका बिच समाजका केन्द्रीय सल्लाहकार गोबिन्द खनाल, नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले जिल्ला शाखा सभापति कृष्ण भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका छन् ।

    कार्यक्रममा केन्द्रीय निवर्तमान सभापित एवं सल्लाहकार गोबिन्द खनालले रक्तदान पुण्य कार्य भएको भन्दै विशेष दिनको अवसरमा पारेर देशब्यापी कार्यक्रम गरिएको बताए । समाजको देशभरका शाखाहरुमा रक्तदान आयोजना गरिएको उनले बताए ।

    नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले ब्लड ग्रुपको अभाव देखिएको बताए । रगतको माग धेरै हुने तर दाता सिमित हुदा अभाव देखिने भन्दै नियमित रक्तदानसहित युवाहरुको अग्रसरतामा रक्तदानबाट धेरै लाभ मिलेको बताए ।

    कार्यक्रममा समाजका समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराइ (कृष्ण) ,सचिव कृष्ण पाण्डे लगायतले बाेल्दै रक्तदाता बढाउन अभियान चलाउन जरूरी रहेको धारणा राखे । कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology