काठमाडौँ,जेठ ३१ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
सभापति देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ ।सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)