Logo बिहिवार, आश्विन १ गते २०८३
images

खानेपानी पुगेपछि धुर्कोट बस्तुको हर्रेमा खुशीयाली, १०८ घरधुरीमा लिफ्टिङ पानी

खानेपानी पुगेपछि धुर्कोट बस्तुको हर्रेमा खुशीयाली, १०८ घरधुरीमा लिफ्टिङ पानी

  • 1.8K
    SHARES

  • खानेपानी पुगेपछि धुर्कोट बस्तुको हर्रेमा खुशीयाली, १०८ घरधुरीमा लिफ्टिङ पानी

    राम प्रसाद भण्डारी /गुल्मी, जेठ ३० ।

    खानेपानी समस्या खेपिरहेका गुल्मी धुर्कोटका स्थानीयले घरघरमा खानेपानी आएपछि खुशी भएका छन् ।  धुर्कोट गाउँपालिका वडा नम्बर ५ स्थित बस्तुको हर्रेमा खुशीयाली छाएको हाे । हर्रेका १०८ घरधुरीमा लिफ्टिङ खानेपानी मार्फत एकघर एकधारा कार्यक्रम उद्घाटन भएको छ ।

    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले चुनावकै समयमा खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । फलस्वरूप उक्त प्रतिबद्धता पूरा भएपछी स्थानियमा उत्साह छाएको छ ।

    जनतन पढेरो र पानी धाराको लाइनमा बसेर एक गाग्री मात्र भरिने उक्त ठाउँका स्थानियले खानेपानी लिफ्टिङ मार्फत पुगेपछी खेतीपाती गर्न समेत सहज बनेको हो ।

    लिफ्टिङ धारा उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल उपाध्यक्ष सीता गिरी बस्तुका वडा अध्यक्ष केशवराज भण्डारी निवर्तमान वडा अध्यक्ष ढुंडीराज भण्डारी , वडा सदस्य रुमाकान्त पाण्डे , समाजसेवी कृष्ण भण्डारी एवम स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो । खानेपानी घरमै पुगेपछी स्थानिय सरकार गाउँमै भएको अनुभुती स्थानियले गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology