Logo मंगलवार, श्रावण १२ गते २०८३
images

०७८ बैशाखमा बुटवलमा राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता ‘मिष्टर रामापिथेकस’ हुने

०७८ बैशाखमा बुटवलमा राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता ‘मिष्टर रामापिथेकस’ हुने

  • 5.5K
    SHARES

  • ०७८ बैशाखमा बुटवलमा राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता ‘मिष्टर रामापिथेकस’ हुने

    बुटवल, मंसिर २०-

    ०७८ बैशाखमा बुटवलमा राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता ‘मिष्टर रामापिथेकस’ हुने भएको छ ।

    बुटवल श्री अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस वर्ष राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको हाे ।

    शनिबार भएको संघको बैठकले बुटवलमा भेटिएको प्राग् आदिमानब रामापिथेकसको बंगरा भेटिएको ऐतिहासिकता तथा पृष्ठभूमि नेपालले अंग्रेजी सेनालाई घुडा टेकाउन सफल बुटवल जितगढी किल्ला महत्त्व थप उजागर हुने र खेलका मध्यमबाट सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०७८ बैशाख महिनामा मिष्टर रामापिथेकस राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले नागरिक अनलाइलाइ बताए ।

    श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियोे ।

    सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका अग्रज शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो ।

    प्रतियोगिताका लागि देश बिदेशमा रहेका शारीरिक सुगठन प्रेमीहरु हातेमालोका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव राजकुमार श्रेष्ठले बताए ।

    श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियोे ।

    सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका अग्रज शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology