Logo बिहिवार, आश्विन १ गते २०८३
images

४० करोड एकल लगानीमा तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ बन्दै (फोटोफिचर)

४० करोड एकल लगानीमा तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ बन्दै (फोटोफिचर)

  • 2.9K
    SHARES

  • ४० करोड एकल लगानीमा तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ बन्दै (फोटोफिचर)

    बुटवल,जेठ ३० ।

    एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ ।

    गुल्मी जन्मथलो रहेका विनोद कुँवरले यसमा सबै लगानी (४० करोड रुपियाँ) एक्लैले गर्नुहुनेछ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना अनुरुप सोमबार तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’को शिलान्यास गरिएको हो ।cricket maidan tilottama.jpg

    सो मैदानको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।  पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक बिनोद कुवरले बताउनुभयो ।cricket maidan  (2).jpg

    ‘मलाइ क्रिकेटको अति नै मोह भएका कारण यहाँ यो प्रोजेक्ट बनाउने योजना बनाएँ दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया थालेर ,आठदिनदेखि मैदान सम्माउने काम भएको हो,यसलाइ साकार रुप दिन सबैको साथ आवश्यक छ । ’ उहाँले भन्नुभयो –‘मैले तीनवटा प्रोजेक्ट गर्ने हो,पहिलो खेल मैदान,दोश्रो हस्पिटल र तेश्रो आइटी कलेज । ’

    उहाँले अष्ट्रेलियामा १ हजार १ सय नेपालीलाइ आफै रोजगारी प्रदान गरेको समेत जानकारी दिनुभयो । स्थानीय स्रोत साधनलाइ प्रयोग गर्ने  र रोजगारी र अवसर स्थानीयलाइ दिइने र सरकारलाइ सहयोग गर्ने हो ,चुनौती दिनका लागि नभएको उहाँको भनाइ छ ।
    मैदान निर्माण गर्नका लागि अहिले ४० करोड रुपियाँ बजेट अनुमान गरिएको उहाँको भनाइ छ । मैदानलाइ हरेक बर्ष बिकास गरिदै लगिने र पाँच वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाउने उहाँले बताउनुभयो । क्रिकेट मैदानमा होस्टलसहितको पाँचतले एकेडेमी र ट्रेनिङ सेन्टर समेत बनाइने अर्का डाइरेक्टर सुदिक्षा कुवरको भनाइ छ ।cricket maidan  (1).jpg

    पूर्व  खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहेकाले मैदानको काम निरिक्षण गर्ने,आवश्यक प्रबन्ध गर्ने ,एकेडेमी र ट्रेनिङ सेन्टर हेर्ने र माधव पाठकलाइ (क्युरेटर ) मैदान सम्याउने गरि ब्यबस्थापन गर्ने जिम्मा दिइएको छ ।  पाठक अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा क्युरेटरको भूमिकामा हुनुहुन्थ्यो ।cricket maidan  (6).jpg

    सो अबसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाइ छनौट गरेर रंगशाला बनाउने काम थालेकोमा निर्माण कम्पनिलाइ धन्यबाद दिनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य रहिरहने उल्लेख गर्नुभयो ।

    ‘यो हामी सबैको साझा सम्पत्ती र गहना हो ,यसको संरक्षण तथा संचालनका लागि सबैले साथ दिनैपर्छ । ’खाँणले भन्नुभयो । 
    कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिका जागेश्वरी चौधरी, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, पुर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, अन्तराष्ट्रिय एम्पायर सत्यराज सरकार, न्यु होराईजन बोर्डिङ स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले सबैको साथ र सहयोगमा निर्माण पूरा हुने आशा ब्यक्त गर्नुभयो ।CRICKET MAIDAN.jpg

    सो क्षेत्रमा क्रिकेट मैदान बन्ने भएपछि स्थानीय निकै हौसिएका छन् । शिलान्यास समारोहमा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology