बुटवल,जेठ २९।
स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो ।
लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।अस्पताल ल्याइपु¥याउँदा सबैको ज्यान गइसकेको बताइन् ।
दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए ।
उपल्लो घुम्तीबाट कार अर्काे घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो । जिप चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)