Logo बिहिवार, आश्विन १ गते २०८३
images

विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तालिम सुरु

विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तालिम सुरु

  • 870
    SHARES

  • विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तालिम सुरु

    भैरहवा, जेठ २८।

    भैरहवा सामुदायिक सिकाई केन्द्र सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीको आयोजनामा आइतबारदेखि भैरहवामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तीनदिने तालिम सुरु भएको छ ।

    तालिममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटा वडाबाट ३० जनाको सहभागीता रहेको भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरेन्द्र कुमार तिवारीले बताए ।

    तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले नियमित रुपमा विद्यालय जान नसक्ने व्यक्तिहरुका लागि सामुदायिक सिकाई केन्द्र उपयोगी भएको बताए । उनले नियमित शिक्षाबाट वञ्चित भएका व्यक्तिहरुलाई सामुदायिक सिकाई केन्द्रबाट लाभ लिन सक्ने बताए । उनले भने, ‘सामुदायिक सिकाई केन्द्रहरुलाई अझै राम्रो बनाउनुपर्छ । ’ उपसचिव लम्सालले हवामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तीनदिने तालिम समय सान्दर्भिक रहेको बताए । उनले सामुदायिक सिकाई केन्द्रमार्फत के गर्न सकिन्छ यसबारे योजना बनाउन आवश्यक रहेको बताए ।

    भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीले समय परिस्थिति अनुसार तालिम सञ्चालन गरिएको बताए । उनले विगतमा सिद्धार्थनगर नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न भैरहवा सामुदायिक सिकाई केन्द्रले अगुवाइ गरेको बताए ।

    भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीको अध्यक्षता एवं स्वागत, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालको प्रमुख आतिथ्यता तथा तालिमका प्रमुख प्रशिक्षक राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    जेठ ३० गतेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकद्वय राजेश जि.सी. र ओम कुमारी चौधरीले सहजीकरण गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २८ २०८००५:३२:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology