Logo बुधवार, श्रावण १३ गते २०८३
images

सजिलो सहकारीले कार्यक्षेत्रसंगै सेवा बिस्तार गर्ने

सजिलो सहकारीले कार्यक्षेत्रसंगै सेवा बिस्तार गर्ने

  • 2.9K
    SHARES

  • सजिलो सहकारीले कार्यक्षेत्रसंगै सेवा बिस्तार गर्ने

    बुटवल, मंसिर २०-

    सजिलो वचत तथा ऋण  सहकारी संस्था लिमिटेड बुटवल ९ कालिकानगरको १२ औ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

    कोरोना भाईरस (कोभीड–१९) महामारीको कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मंसीर ३ गतेदेखि शुरु गरिएको प्रतिवेदनमाथिको सुझाव संकलन कार्यक्रम पश्चात शनिवार संकलित सुझाव र सहकारीलाई आगामी दिनमा सबल, सक्षम र प्रतिस्पर्धी गराउँदै अगाडि बढाउने दीर्घकालिन लक्ष्य सहितका भावी योजना अगाडि सारिएको छ ।

    कार्यक्रममा सहकारीले गरिरहेका गतिविधि, योजना र भावी दिनमा गर्नुपर्ने योजनालाई समेटिएको प्रतिवेदन अध्यक्ष रामराज पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

    हाल उक्त सहकारीको कार्यक्षेत्र बुटवल उपमहानगरपालिका रहेकोमा अव रुपन्देही जिल्ला भरी कार्यक्षत्र बिस्तार गर्ने प्रास्ताव पारित भएको हो । त्यस्तै बुटवल १७ मा सेवाकेन्द्र विस्तार गर्ने लगायतका  निर्णय गरिएको अध्यक्ष पोख्रेलले जानकारी गराउनु भयो ।

    अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता सचिव गुनानिधी खनालको संचालन तथा स्वागतमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष अनिलराज शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवदन, लेखा समिति संयोजक विनसलाल श्रेष्ठले प्रस्तुत गरेको लेखा प्रतिवेदन, ऋण तथा असुली उप समिति संयोजक भीमलाल गौतमले प्रस्तुत गरेको ऋण समितिको प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

    प्रतिवदेनमाथि पूर्व अध्यक्षहरु अमरबहादुर खड्का, योगेन्द्रमणी तुलाधर, सल्लाहकार ठाकुर खड्का, शिक्षा समिति संयोजक यमबहादुर अर्याल लागायतले सुझावहरू राख्नु भएको थियो । शेयर सदस्यबाट संकलित सुझावहरुलाई समेटेर भावी दिनमा सहकारीले अपनाउनु पर्ने भूमिका र भावी कार्ययोजना तयार गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology