Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भेडिहार दम्पतीको धारिलो हतियार प्रयोग गरि हत्या !

भेडिहार दम्पतीको धारिलो हतियार प्रयोग गरि हत्या !

  • 1.2K
    SHARES

  • भेडिहार दम्पतीको धारिलो हतियार प्रयोग गरि हत्या !

    पश्चिम नवलपरासी,जेठ २३ ।

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमती निर्मला भेडिहार मृत अबस्थामा फेला परेका छन। भेडिहार दम्पतीको सोमबार राति धारिलो हतियार प्रयोग गरि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

    उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरीएको र तेसै कारणले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले बताएका छन् ।मृतकहरुको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

    सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, जेठ २३ २०८००६:१८:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology