Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले भैरहवाका नगर सचिवसहित ८१ जनाद्वारा सामूहिक राजीनामा

एमाले भैरहवाका नगर सचिवसहित ८१ जनाद्वारा सामूहिक राजीनामा

  • 1.4K
    SHARES

  • एमाले भैरहवाका नगर सचिवसहित ८१ जनाद्वारा सामूहिक राजीनामा

    बुटवल, जेठ २२ ।

    रुपन्देहीको सिद्धार्थनगरमा नेकपा एमालेका नगर सचिवसहित ८१ जनाले राजीनामा राजीनामा दिएका छन्  । भैरहवामा  पत्रकार सम्मेलन गरी सचिव नारायण भण्डारीसहित टोलीको सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

    राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यहरू लगायत रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट  हाबी भएको जनाए  उनले पार्टीलाई बचाउनको लागि आफूहरू  कार्यकर्ताहरूले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझाव पत्र पेस गरिएको तर त्यसलाई बेवास्ता गरेका कारण राजीनामा दिन बाध्य भएको जानकारी दिए ।

    एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूले झन्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको उनको भनाई थियो ।

    अहिलेको २१ औँ शताब्दीमा जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडि पारिएको बताए । टिकट वितरणमा अन्यायमा पारिएका कार्यकर्ता र आम जनसमुदायहरूको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेताहरू नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्ताहरूलाई सधैँ अन्यायमा पारिएकाले आजैकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको भण्डारीले बताए ।

    १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology