Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारत भ्रमण सफल र परिणाममुखी :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारत भ्रमण सफल र परिणाममुखी :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  • 1.2K
    SHARES

  • भारत भ्रमण सफल र परिणाममुखी :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    काठमाडौं, जेठ २१।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। 

    भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । 

    उहाँले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको  छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।’’ 


    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण भविष्यका लागि मार्गदर्शनको रुपमा रहने दाबीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ । भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ।’’

    नकारात्मक धेरै कुरा गरेर नेपाललाई फाइदा छैन

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology