Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा,के-के भए सम्झाैता (सूचीसहित)

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा,के-के भए सम्झाैता (सूचीसहित)

  • 1.4K
    SHARES

  • नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा,के-के भए सम्झाैता (सूचीसहित)

    काठमाडौँ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो ।

    यसमध्ये नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता नै गर्न चाहेको थियो । नेपालमा उत्पादित बिजुलीलाई सहजरुपमा भारतीय बजारमा बेच्ने नेपालको चाहनामा भने सम्झौता भएको छैन ।

    तर, नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन् । यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरे । यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभएपनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटियो भने यो नेपाली बिजुलीका लागि सबैभन्दा ठूलो सम्झौता हुनेछ ।

    यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइ उत्पादन सुरु भएपछि नेपाल वर्षायाममा आत्मनिर्भर बनेको हो ।

    नेपाल-भारतबीच भएका ७ सम्झौता :

    १. नवीकरण गरिएको पारवहन सम्झौता

    २. सीमापार पेट्रोलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) एवं टर्मिनल निर्माण सम्झौता

    ३. नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता

    ४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सम्झौता ।

    ५. तल्लो अरुण निर्माण सम्झौता (६६९ मेगावाटको आयोजनामा २१ प्रतिशत बिजुली नेपालले पाउनेगरी)

    ६. कर्णाली फुकोट हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण सम्झौता

    ७. सीमापार भुक्तानी सम्झौता (नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, जेठ १८ २०८००८:२४:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology