Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति : मन्त्री सन्तोषकुमार पाण्डेय

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति : मन्त्री सन्तोषकुमार पाण्डेय

  • 1.7K
    SHARES

  • स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति : मन्त्री सन्तोषकुमार पाण्डेय

    भैरहवा ,जेठ १७ ।

    लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् ।

    उनले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र संचार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको बताए ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पत्रकारहरुसँग सहकार्य गर्दै ऐन, नियम बनाउँदै संचार माध्यमलाई व्यवस्थित बनाउने जनाए । उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानून नबनेको जनाउँदै त्यस्तो कार्यलाई छिटो पूर्णता दिने बताए ।

    आफू संचारमैत्री ऐन, कानून बनाउन कटिबद्ध रहेको उनले बताए । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुको दुर्घटना बीमा रिन्यू गर्ने प्रक्रिया अघि बढाएको बताए । मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जनाए ।

    मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताए । स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेमा बजार चलायमान हुने उनको भनाइ छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेयले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ पनि सरकार लागिपरेको जनाए । उनले लुम्बिनीमा अधिक पर्यटक भित्र्याउन सरकारले योजना बनाइरहेको बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष कमल रायमाझी, महासचिव शंकरप्रसाद पाण्डे, सल्लाहकार कुलमणि ज्ञवाली, लुम्बिनी न्युज फेस्टिभलका संयोजक दीपेन्द्र बडुवाल, सचिव प्रकाश न्यौपाने, अग्रज पत्रकार रामेश्वर भट्ट लगायतले बोल्दै संचारमैत्री सरकार र प्रदेश बनाउन पहल गर्न सुझाए । उनीहरुले संचार संग्रहालय, एकेडेमी निर्माण, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, ऐन, कानून र नीतिनियम बनाउन मन्त्री पाण्डेयलाई आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology