Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङको कलश सहकारीले एक हप्तासम्म कार्यक्रम गरेर नवौँ बार्षिक साधारणसभा मनाउने

दाङको कलश सहकारीले एक हप्तासम्म कार्यक्रम गरेर नवौँ बार्षिक साधारणसभा मनाउने

  • 2.8K
    SHARES

  • दाङको कलश सहकारीले एक हप्तासम्म कार्यक्रम गरेर नवौँ बार्षिक साधारणसभा मनाउने

    दाङ,मंसिर २०।

    दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले आज शनिवारदेखि आफ्नो नवौ बार्षिक साधारणसभाको कार्यक्रम शुरु गरेको छ ।

    कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी बिभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यबिधि अनुसार सहकारीले एक हप्तासम्म चरणबद्ध कार्यक्रम गरेर आफ्नो नवौ बार्षिक साधारण सभा गर्न शुरु गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले नागरिक अलाइनलाइ जानकारी दिनुभयो ।

    संस्थामा उत्कृष्ट कारोवार गर्ने आफ्ना सेयर सदस्यहरुलाई संरक्षित पुँजि फिर्ता कोषको रकम वितरण गरेर कार्यक्रमको शुरुवात गरिएको छ ।

     सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी गत आर्थिक बर्षमा सवै भन्दा बढि बचत र ऋण कारोवार गर्ने सात जनालाई उक्त रकम बितरण गरिएको हो । गत वर्षको बचत तथा ऋण कारोवारको आधारमा सेयर सदस्य सुभाष गौतमले सबै भन्दा बढि ३७ हजार ९ सय ३५ रुपैया प्राप्त गर्नुभएको छ ।

    यस्तै सेयर सदस्य हेमराज शर्माले १९ हजार एक सय ८१, मनु आचार्यले १३ हजार चार सय ७०,गुरुप्रसाद खनालले १३ हजार दुई सय ८३,अञ्जु कुमारी शर्माले १२ हजार ६ सय ६४,बबिता महराले ९ हजार तीन सय ३४ र सरस्वती बस्नेतले सात हजार ८६ रुपैया प्राप्त गर्नुभएको छ ।

    अन्य सेयर सदस्यहरुलाई मंसिर २५ गते सम्म संरक्षित पुँजि फिर्ता कोषको रकम वितरण गरिने संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । सहकारी संस्थाहरुमा संरक्षित पुँजि फिर्ता कोषको रकम सदस्यहरुलाई बितरण गर्ने ब्यवस्था भएपनि केहि सहकारी संस्थाहरुले मात्रै यो रकम बितरण गर्ने गरेका छन ।

      संस्थाका कोषाध्यक्ष नवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण वेल्वासे र सम्मानित व्यक्तित्व सुभाष गौतमले संस्थाले सुरु गरेको संरक्षित पुँजि फिर्ता कोषको रकम वितरण कार्यक्रमले सदस्यहरुमा बचत तथा ऋण कारोवार बढाउन निकै ठुलो सहयोग पू¥याउने धारणा राख्नुभयो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव विमल योगीले गर्नुभएको थियो ।

       संस्थाले कोभिड १९ को प्रभाबलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिबेशन गर्ने कार्यतालिका बनाएको छ । जसमा आजदेखी २५ गते सम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने,प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने तथा संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने र प्राप्त सुझावका आधारमा आगामी मंसिर २७ गते वार्षिक साधारणसभा तथा अधिबेशनको समापन गर्ने कार्यतालिका बनाएको छ ।

    यस बर्षको साधारणसभा तथा अधिबेशनको समापन समारोहको रेडियो तथा अन्य बिद्युतिय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

    २०६५ सालमा स्थापना भएको कलश सहकारीलाई २०७१ सालदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

    आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लगानी गर्ने, सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गर्ने,आकष्मिक घटना कर्जा निशुल्क रुपमा उपलब्ध गराउने, सदस्य कल्याण कोष मार्फत सदस्यहरुलाई राहत बितरण गर्ने लगायतका नविनतम कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology