Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण

बुटवलमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण

  • 1.4K
    SHARES

  • बुटवलमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण

    बुटवल,जेठ १५ । 

    बुटवल उपमहानगरपालिकामा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण सुरु भएको छ।उपमहानगरको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोली गठन कार्यक्रम सुरु भएको हो।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले दुई वर्ष कोरोना महामारी आएको स्मरण गर्दै यस्ता महामारी नियन्त्रणका लागि काम गर्न यो कार्यक्रम सुरु भएको बताए।

    प्रारम्भिक हिसाबले छलफल गर्दै टोली गठन गर्ने बताउँदै नगर प्रवक्ता समेत रहेका रानाले स्थानीय तहको अधिकार भित्रको विषयलाई प्रयोग गर्दै हरेक किसिमबाट बुटवल अब्बल बनाउने प्रयास स्वरूप द्रुत प्रतिकार्य टोली गठन गरिने बताए।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले यो कार्यले स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन हुने अपेक्षा गरिएको बताए।जनस्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डेले द्रुत प्रतिकार्य टोलीका काम, कर्तव्य र अधिकार तथा यसको संरचनाको बारेमा बताएका थिए।

    उनका अनुसार टोलीले बिपद तथा महामारी र अन्य विभिन्न अफवाहहरूको बारेमा अध्ययन गर्दै बुटवललाई स्वास्थ्य क्षेत्रमा पूर्व तयार भएर बस्न सक्ने बनाउने गरी काम गर्नेछ। कार्यक्रममा बुटवलका वडा अध्यक्षहरू,बुटवल उपमहानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरू, बुटवल क्षेत्र भित्र रहेका अस्पतालका प्रमुख तथा प्रशासकीय प्रमुखहरू, स्वास्थ्यकर्मीहरू लगायतको सहभागिता रहेको छ।

    बुधवारसम्म चल्ने अभिमुखीकरणले द्रुत प्रतिकार्य टोली गठन गर्नेछ। स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा गठन हुने टोलीको सदस्यहरूमा चिकित्सक, ल्याब, वडाका प्रतिनिधि, स्थानीय लगायत रहनेछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology