Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्ण अधिकार नआउँदा चुनौती: लुम्बिनीका मुख्यमन्त्री चौधरी

पूर्ण अधिकार नआउँदा चुनौती: लुम्बिनीका मुख्यमन्त्री चौधरी

  • 1.2K
    SHARES

  • पूर्ण अधिकार नआउँदा चुनौती: लुम्बिनीका मुख्यमन्त्री चौधरी

    दाङ, जेठ १५ ।

    लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाएको छ । राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो ।प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाउने जनाइएको छ । आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरी दिवस मनाएको छ ।

    भोलि मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख, मन्त्रीहरु, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तीको लडाइ भइरहेको बताउनुभयो । 

    उहाँले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताउनुभयो । मुुख्यमन्त्री चौधरीले संघबाट कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसलेगर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको बताउनुभयो । 

    मुख्यमन्त्री चौधीले भन्नुभयो, “अधिकार बाँडफाँटमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन । अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु । गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म लग्नसके गणतन्त्रप्रति सबैको अपनत्व बढ्छ ।” अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आफ्नो दायित्व पूरा गर्न नसक्नेजस्ता समस्या देखिएको औँल्याउनुभयो । 

    आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्व ठूलो रहेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ १५ २०८००५:४५:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology