Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा किसान आन्दोलन चर्किदै, डिसेम्बर ८ मा भारत बन्दको आह्वान

भारतमा किसान आन्दोलन चर्किदै, डिसेम्बर ८ मा भारत बन्दको आह्वान

  • 3.3K
    SHARES

  • भारतमा किसान आन्दोलन चर्किदै, डिसेम्बर ८ मा भारत बन्दको आह्वान

    नयाँदिल्ली,मंसिर २० ।

     केन्द्र सरकारले बनाएको कृषि कानुन खारेजीको माग गर्दै भारतमा भइरहेको किसान आन्दोलन चर्कँदै गएको छ। शनिबार सरकारसँग हुन लागेको पाचौं चरणको वार्तापूर्व सरकारलाई दवाव दिन किसानहरूले ८ डिसेम्बरका दिन भारत बन्द गर्न आह्वान गरेका छन्। 

    किसानहरूले शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने समेत निर्णय गरेका छन्। ५ डिसेम्बरका दिन देशभर प्रधानमन्त्रीको पुत्ला जलाइने छ,भारतीय किसान युनियनका महासचिव एचएस लखोवालले भने, ८ डिसेम्बरका दिन हामीले भारत बन्दको आह्वान गरेका छौं।

    कृषि कानुनका विरुद्ध आन्दोलनरत किसानले केन्द्र सरकारले गर्ने कुनै पनि कानुनको संशोधनलाई मान्न नसकिने बताएका छन्। अखिल भारतीय किसान सभाका महासचिव हन्नान मोल्लाहले भनेका छन्, भारतभर आन्दोलन भइरहेको छ। अझै पनि ठूलो आन्दोलन हुनेवाला छ। सरकारले गर्ने कानुन संशोधनका पक्षमा हामी छैनौं।

    किसानले दिल्ली घेराउ गर्न थालेको ९ दिन भइसकेको छ। कृषि कानुन फिर्ता गर्नुपर्ने र कृषि उपजको न्यूनतम समर्थन मूल्य माग किसानहरूले गर्दै आएका छन्। केन्द्र सरकारले भने कृषि कानुन फिर्ता लिने संभावना नभएको बताउँदै आएको छ। andolan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology