Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन

प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन

  • 1.4K
    SHARES

  • प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन

    बुटवल,जेठ १३ ।

    नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा कार्यक्रम भएको हाे । साे अवसरमा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनुभयो । त्यसमध्ये १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता हुन् ।

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताउनु भयो । उहाँँले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गर्नु भयो ।

    त्यस अवसरमा अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताउनु भयो ।blood donation.jpg

    रुपन्देहीमा २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु ,युनियनका अग्रज ,पूर्व तथा निवर्तमान अध्यक्षहरु शुभेच्छुकहरुको बाक्लाे सहभागिता रहेको थियो ।

    युनियनको स्थापना दिवसको अवसरमा हिजो,आज र भोली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ।प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।

    हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology