Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दम्पत्तीलाई खुकुरी देखाएर गरगहना र नगद लुट्ने युवक पक्राउ

दम्पत्तीलाई खुकुरी देखाएर गरगहना र नगद लुट्ने युवक पक्राउ

  • 3.1K
    SHARES

  • दम्पत्तीलाई खुकुरी देखाएर गरगहना र नगद लुट्ने युवक पक्राउ

    बुटवल,मंसिर २० ।

    लुटपाट गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जंगलमा हिडिरहेका दम्पत्तिलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गरेको अभियोगमा प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १३ ज्यामिरे निवासी २८ बर्षीय दिलबहादुर घर्ती पक्राउ गरेको छ ।

    लुटपाटको घटनामा संलग्न सोही ठाउँका गोले चौधरी फरार रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।मंसिर १० गते बेलुका जंगलमा हिडिरहेका घोराही  ३ का ३८ बर्षीय विनोदकुमार चौधरी र उनकी पत्नि मेनुका चौधरीलाई  घर्ती र चौधरी द्धयले खुकुरी देखाउँदै ज्यान मार्ने धम्कि दिएर गरगहना तथा नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    चौधरी दम्पत्तिको साथवाट लुटेराहरुले दूईवटा सुनको सिक्रि, चारवटा मोवाईल र दश हजार नगद लुटपाट गरि फरार भएका थिए ।पक्राउ परेका घर्ती विरुद्ध डाँका चोरी शिर्षक अन्तरगत मुद्दा चलाएर प्रहरीले अनुसन्धान थालेको छ ।

    फरार चौधरीको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।घटना मंसिर १० गतेको भएपनि प्रहरीले ९ दिनपछि मात्रै सार्वजनिक गरेको छ । पक्राउ परेका घर्ती लागुऔषध मुद्दामा ३ महिना जेल बसेर १५ दिन अगाडि मात्रै छुटेको प्रहरीले जानकारी दिएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology