Logo बिहिवार, आश्विन १ गते २०८३
images

३२ औं स्थापना दिवस : नेपाल प्रेस युनियन रुपन्देहीको रक्तदान भोली

३२ औं स्थापना दिवस : नेपाल प्रेस युनियन रुपन्देहीको रक्तदान भोली

  • 4.8K
    SHARES

  • ३२ औं स्थापना दिवस  : नेपाल प्रेस युनियन रुपन्देहीको रक्तदान भोली

    बुटवल,जेठ १२ । 

    नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना दिवसको अवसरमा भोली रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा युनियन रुपन्देहीले शनिबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

    रक्तदानमा सहभागी हुनको लागि प्रेस युनियन रुपन्देहीले युनियनका सदस्य तथा सुभेच्छुक सहित सबैलाई आह्वान गरेको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयो ।

    प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।

    त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो । कार्यक्रमको तयारी पूरा भएको संयोजक कल्पना शर्माले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology