Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • 1.0K
    SHARES

  • राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    काठमाडौं, जेठ ११ ।

    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ।बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदैछन्।भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो।

    आजको छलफलमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पनि निम्त्याइएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology