Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इन्द्रेणी सहकारीले शेयर सदस्यलाई एक करोडसम्म ऋण दिने

इन्द्रेणी सहकारीले शेयर सदस्यलाई एक करोडसम्म ऋण दिने

  • 3.1K
    SHARES

  • इन्द्रेणी सहकारीले शेयर सदस्यलाई एक करोडसम्म ऋण दिने

    बुटवल,मंसिर १९ -

    इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवलले उद्योग ब्यवसाय तथा उत्पादनशील कर्जालाई प्राथमिकतामा राखेर परियोजना तथा आयश्रोतका आधारमा प्रतिशेयर सदस्य एक करोडसम्म ऋण दिने भएको छ ।

    इन्दे्रेणीको शुक्रबार सम्पन्न भएको २२ औं वर्षिक साधारण सभाले शेयर सदस्यको अधिकतम आर्थिक आवश्यकतालाई संस्थाबाटै परिपुर्ति गर्ने उद्देश्यले सदस्यलाई परियोजनाका आधारमा एक करोड सम्म ऋण प्रवाह गर्ने प्रस्तावलाई पारित गरेको हो ।

    साधारण सभाले सोका लागि शेयर सदस्यको संस्थामा शेयर र बचत त्यसको दश प्रतिशत बढी हुने पर्ने जनाएको छ । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष धुव्रकुमार धितालले संस्थाको बहुउद्देश्य कार्यक्रम प्रारम्भ गर्नका लागि कृषिमा आधारित परियोजना संचालनका लागि जग्गा खरिद र भाडामा लिने समेत प्रस्तावलाई साधारण सभामा प्रस्तुत गर्नु भएको थियो ।

    साधारण सभाले पन्चवर्षे कार्ययोजना निर्माण तथा कार्यान्वयन, सहकारी मर्जरका लागि कार्यसमितिलाई अख्तियारी तथा बुटवल वेसक्याम्पमा (धर्मपथमार्ग) मा इन्द्रेणी यात्रु प्रतिक्षालय निर्माण गर्ने लगायतका प्रस्तावलाई पनि पारित गरेको सचिव माया गौतमले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठले सहकारीलाई नमुना सहकारी बनाउनेतर्फ केन्द्रीत हुन संचालक समितिलाई सुझाव दिनुभयो ।

    कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शिवलाल राना, मुल्यांकन समिति संयोजक उदरराज भण्डारी, लेखा सुपरीवेक्षण संयोजक मोहनप्रसाद भण्डारी, कानुनी सल्लाहकार जिवनारायण अधिकारी, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, शिक्षा समिति सदस्य मणिरत्न पाण्डे, यज्ञ पंगेनी लगायतले सहकारीलाई बचतमा भन्दापनि उत्पादनशिल क्षेत्रमा सक्रिय बनाउनु पर्नेतर्फ जोड दिनुभएको थियो ।

    कोषाध्यक्ष नरबहादुर श्रीसले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ७ करोड १० लाख ७ हजार ९ सय शेयर पुजी रहेको संस्थाले धितो कर्जा, हायर पर्चेज कर्जा, हायर पर्चेज मोटरसाईकल कर्जा, लघुबित्त-लघुउद्यम कर्जा, नियमति कर्जा र मुद्दती कर्जा गरेर ४० करोड, १९ लाख ७७ हजार ७ सय ५२ रुपैया शेयर सदस्यका लागि लगानी गरेको जानकारी दिनुभयो ।

    संस्थाले सामाजिक उत्तरदायित्व वहन अनुसार शिक्षा, स्वास्थ्य तथा समाजिक क्षेत्रमा सहकार्य गर्दै आएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर १९ २०७७०८:५८:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology