बुटवल,भदौ १८ ।
रुपन्देहीको रोहीणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सरोजकुमार पाण्डे अख्तियारकाे फन्दामा परेका छन् ।
सहकारी संस्थालाई अनुदान स्वरुप प्राप्त रकम प्रदान गर्न सहजिकरण गरिएकोमा सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनलाइ नियन्त्रणमा लिएको छ ।
उनलाई सेवाग्राहीसँग ४५ हजार घुस माग गरेको र २० हजार रकम सेवाग्राहीबाट बुझिसकेको पाइएकोले गाउँपालिका वडा नम्बर २ परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)