काठमाडौँ भदौ १२ ।
काठमाडौँमा लकडाउन खुलेसंगै कोरोन संक्रमितको संख्या बढेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय नाघेको छ ।काठमाडौंमा संक्रमितको संख्या ३९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५३ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ । १६३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
अहिले उपत्यकाका तीन जिल्लामा ३२१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये सुरक्षाकर्मीहरू पनि छन् । सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ ।
पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन् । अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरू थानकोट, फर्पिङ र साँगामा मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ । उपत्यका छिरेका तीन हजार चार सय ७३ को स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ । विदेशबाट र बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका धेरै व्यक्तिहरूमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित भेटिएका स्थान
काठमाडौं : कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।
भक्तपुर : सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।
ललितपुर : महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)