काैरब खत्री/ बाग्लुङ,मंसिर १९-
सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ बार्षिक साधारणसभाको अवसरमा सेवाकेन्द्र स्तरीय विस्तारित मञ्च दगा सदस्य सेवा केन्द्र खर्वाङ सम्पन्न भएको छ ।
सिवाइसीले निकालेको सही बाटो पुस्तकमा धेरै कुरा सिक्ने कुरा भएको संस्थाका सल्लाहकारले बताउनुभयो ।सिवाइसी आपत विपतको सारथी भएको भन्दै सिवाइसीले बचत तथा ऋण धेरै सुविधा दिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अवसरमा सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारी,बडिगाड गाँउपालिका वडा नं. १ का वडाअध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का वडा अध्यक्ष ढालेन्द्र शेरचन, समाजसेवी शुनिल शेरचन, समाजसेवी भिमसेन बन, दगा सदस्य सेवा केन्द्र खर्वाङका सल्लाहकार शुदर्सन शाक्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सचिव जयराम भारीले प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।
कोषाध्यक्ष सितादेवी सापकोटा कंडेलले दगा सदस्य सेवा केन्द्र खर्वाङको आर्थिक बर्ष २०७६-०७७ को आम्दानी तर्फ ५ करोड,७०लाख,११हजार,८सय,४ रुपैया र खर्च तर्फ ३ करोड,१८ लाख,९हजार,३सय,५८रुपैया खर्च सहितको आयव्यय प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट असल बचतकर्ता दिन बहादुर केसी,बाल बचतकर्ता स्वीकृति नेपाली,असल सदस्य कृष्ण बहादुर बलामी,असल उद्यमी मिना भुजेललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।कार्यक्रम अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता सहकारी संस्था लि.का सल्लाहकार सिता शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने दगा सदस्य सेवा केन्द्र खर्वाङका सदस्य बेलु गिरीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)