केशव पराजुली/ देवदह,मंसिर १९ ।
देवदह नगरपालिका वडा नं. १० मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । नगरप्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयूक्तरुपमा शिलन्यास गरेका हुन ।
सो अबसरमा बोल्दै देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले स्थानियको साथ सहयोग विना विकास निमार्णका कामले पूर्णता नपाउने बताउनु भएको छ । खत्रीले स्वास्थ्य र शिक्षामा देवदह नगरपालिकाले उल्लेख्य लगानी गरेको बताउनु भएको थियो ।
सोही कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देशभर पालिकास्तरमा तीन सय ९६ वटा आधारभूत अस्पताल निर्माण हुन लागेको जानकारी दिनु भएको थियो ।
देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सही स्वास्थ्या भएमा सक्षम कार्यकुशलता रहने बताउनु भएको थियो ।
२०७८ जेठ ३० गते सम्म निमार्ण सम्पन्न गर्ने जिम्मामा नर्थ ईन्जिनियरिङ्ग प्रालिले ३४लाख ६३८.३७ मा ठेक्का सम्झौता गरी निर्र्माण गर्न लागेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे लगायतले स्वास्थ्य केन्द्रको गुणस्तरिय निर्माणको शुभकामना ब्यक्त गर्नु भएको थियो । वडा सचिव विष्णु प्रसाद बस्यालको संचालनमा भएको कार्यक्रममा वडा सदस्य यम बहादुर थापाले स्वागत गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)