Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्च न्यायालयप्रति भरोसा छ,अझै न्यायिक पर्खाइमा छु : रेशम चौधरी

सर्वोच्च न्यायालयप्रति भरोसा छ,अझै न्यायिक पर्खाइमा छु : रेशम चौधरी

  • 1.1K
    SHARES

  • सर्वोच्च न्यायालयप्रति भरोसा छ,अझै न्यायिक पर्खाइमा छु  : रेशम चौधरी

    काठमाडौँ,जेष्ठ ३। 

    रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् । ८ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।

    ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्ने भए पनि त्यसलाई स्विकार्नुको विकल्प नभएको उनले उल्लेख गरेका छन् ।

    ‘मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकन‌को बाटो हाम्रा लागि खुल्ला छ‚’ उनले लेखेका छन्‚ ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं‚ साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’

    टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँ‌दै सामाजिक सञ्जालमा जथाभावी पोस्ट नगर्न पनि उनले अनुरोध गरेका छन् । ‘सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ । म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु‚’ उनले लेखेका छन्‚ ‘स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु । केहि दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात् हुनेछु भन्दै बिदा चाहन्छु ।’

    resham-chaudhary.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology