Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलवस्तुमा सशस्त्र प्रहरी हवल्दार ३५ हजार घुससहित पक्राउ

कपिलवस्तुमा सशस्त्र प्रहरी हवल्दार ३५ हजार घुससहित पक्राउ

  • 3.1K
    SHARES

  • कपिलवस्तुमा सशस्त्र प्रहरी हवल्दार ३५ हजार घुससहित पक्राउ

    बुटवल,मंसिर १९ । 

    कपिलवस्तुका सशस्त्र प्रहरी सहायक हवल्दार घुसरकम सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल,बोर्डर आउट पोष्ट कृष्णनगरका प्रहरी सहायक निरिक्षक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।

    घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ हजार रकम लिदै गर्दा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

    घूस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घूस वापतको साे रकम लिइसकेको अवस्थामा कृष्णनगर नगरपालिका वडा नं.२ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी सुरेश भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology