Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर राना नियुक्त

लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर राना नियुक्त

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर राना नियुक्त

    दाङ,जेठ २ ।

    लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर रानालाई नियुक्त  गरिएको छ ।  मुख्यमन्त्री चौधरीले कार्य विभाजन गर्दै वैशाख १४ गते आफूसँगै मन्त्री बनेका रानालाई आर्थिक मन्त्रालयको जिम्मा दिएका हुन् ।

    माओवादीबाट बिना विभागीय मन्त्री बनेका रानालाई अर्थ मन्त्रालय मन्त्रालयको जिम्मा दिए पनि अन्य दुई बिना विभागीय मन्त्रीलाई  मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् ।

    नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोषकुमार पाण्डे बिना विभागीय मन्त्री बनेका थिए । वैशाख १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई दिएको थियो । बजेट बनाउने बेलामा अर्थ मन्त्रालय मन्त्रीविहीन भएको आलोचना बढेपछि रानालाई अर्थको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ ।  

    यसअघि मन्त्रालय विभाजन गरेर गठबन्धन दलमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ४, माओवादीले ३ तथा अन्य ६ वटा साना दललाई १र१ वटा मन्त्रालय दिने तयारी भएको विषय बाहिर आएपनि सरकारको आलोचना भएको थियो ।

    जसका कारणले मुख्यमन्त्री चौधरीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री सन्तोष पाण्डेयले भएका मन्त्रीलाई जिम्मेवारी दिने र नयाँ  मन्त्री नियुक्त गर्ने काम छिटै हुने बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology